नियम ६
सूल्याङ्कन गर्नु पर्ने
(१) नियम ५ बमोजिम रोक्का राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको सम्बन्धमा अनुसन्धान अधिकारीले ऐनको दफा १९ को उपदफा (१) बमोजिमको आधारमा मूल्याङ्कन गरी मूल्य खुलाई सोको अभिलेख राख्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम मूल्य कायम गर्दा त्यस्तो सम्पत्ति बा साधनको गुणस्तर, प्रयोगको अवस्था “तथा अवधि समेतलाई दृष्टिगत गरी मूल्य कायम गर्नु पर्नेछ ।